
काठमाडौँ । नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो ।
रमेश विकल कला–ंसङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
समारोहमा स्व विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा बिदुला घिमिरेलाई प्रोत्सहन पुरस्कार प्रदान गरिएको थियो । बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई सम्मान गरिएको थियो । त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, प्रतिष्ठानका महासचिव विजय चालिसे लगायतले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलको योगदानको स्मरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति