
काठमाडौँ । क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवालीलाई अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कोलोजी (आस्को) ले ‘फेलो’को रुपमा चयन गरेको छ ।
डा ज्ञवाली अस्कोबाट यो फेलोसिप पाउने पहिलो नेपाली चिकित्सक बन्नुभएको छ । अस्कोकाअनुसार क्यान्सर र क्यान्सरका बिरामीको सेवामा योगदान पुर्याउनेलाई यो फेलोसिप दिइन्छ । डा ज्ञवालीले क्यान्सरको उपचारको क्षेत्रमा गरेको मेहनत, लगाव र योगदानको मूल्याङ्कन गरी यो फेलोसिप प्रदान गरिएको अस्कोले जनाएको छ ।
अस्कोले एक चिठी पठाउँदै ज्ञवालीलाई ‘फेलो अफ अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कोलोजी’९फास्को०चयन भएको जनाएको हो । यो फेलोसिपका लागि कुनै आवेदन दिएर नभइ अङ्कोलोजी ९क्यान्सर०को क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई मात्र दिइन्छ ।
डा ज्ञवालीले अङ्कोलोजीको क्षेत्रमा संसारको प्रतिष्ठित संस्थाबाट चुनिन पाउँदा खुसी व्यक्त गर्नुभयो । रासससँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो– ‘अङ्कोलोजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन आस्कोबाट फेलोका रुपमा चयन हुँदा खुसी छु त्यसमाथि पहिलो नेपाली हो भनेर थाहा पाउँदा झन् खुशी भएको छु ।’
हाल क्यानडाको क्वीन्स विश्वविद्यालयमा सह प्राध्यापकका रुपमा कार्यरत डा ज्ञवाली क्यान्सर अनुसन्धान र बिरामीको सेवा पनि गर्दै आउनुभएको छ । उहाँले हरेक वर्ष नेपाल आएर क्यान्सरको नयाँ उपचार विधिबारे अन्तरक्रिया गर्ने र क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काम गर्दै आउनुभएको छ ।
बुटवलमा जन्मिनुभएका डा ज्ञवाली २०५९ सालको एसएलसी बोर्ड फस्ट समेत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति