
काठमाडौँ । भाषा विज्ञान नेपालको ४५औं अन्तर्राष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरु ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।
दर्शनाचार्य–विद्यावारिधी (एमफिल–पिएचडी) मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरु मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत हुनुभएको हो । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्छ ।
मङ्सिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतिकरणको आधारमा उहाँहरुलाई नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत गरिएको हो ।
‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले अवार्ड प्राप्त गर्नुभएको हो । त्यस्तै ‘बहुभाषिक कक्षाकोठमा सिकाइमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक सङ्केतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतिकरणको आधारमा गर्गले आवार्ड पाउनुभएको त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागका उपप्राध्यपक एवं कार्यक्रम आयोजक भाषा विज्ञान समाज नेपालका महासचिव डा तारामणी राईले बताउनुभयो ।
हरेक वर्षको अङ्ग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउने गरेका छन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरुले पाउने गरेको महासचिव डा राईले बताउनुभयो ।
डा समर सिन्हा )सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा दानराज रेग्मी र डा भिमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिको सिफारिसका आधार अवार्ड वितरण गरेको हो ।
सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरुको सहभागिता रहेको महासचिव डा राईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति