
विराटनगर । मैथली एशोसिएशन नेपालले मान इन्टरनेसनल अवार्ड प्रदान गर्ने भएको छ ।
मङ्सिर १५ गते विराटनगरमा हुने कार्यक्रममा नेपाल र भारतका एक सयभन्दा बढीलाई अवार्ड प्रदान गरिने एशोसिएशनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिनुभएको छ ।
मैथिली, नेपाली, हिन्दी, भोजपुरी, बङ्गाली र अन्य भाषाभाषीका स्रष्टा, उद्यमी, चलचित्रकर्मी लगायतलाई अवार्ड प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो । अवार्ड कार्यक्रमले मैथिली कला, साहित्य, संस्कृतिको संरक्षण, सम्बद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
समारोहमा भारतका प्रख्यात व्यक्तित्वहरु वैभव मिश्रा, विक्रान्त बि जाधव, राहुल सिन्हा,डा ए कुमार, सञ्जिकुमार मिश्र, आचार्य धमेन्द्रनाथ मिश्र, कमरुदिन नदाफ, डा राजेश झा, डा रजनिस रञ्जन, डा मनिष रञ्जन, सुनयना ठाकुर, वीरेन्द्र झा लगायत नेपालका प्रतिष्ठित साहित्यकार एवं स्रष्टाहरुको सहभागिता रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति