
गण्डकी । साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आउने शनिबार पुरस्कार प्रदान गर्न लागेको हो । समितिका अध्यक्ष कृष्ण गिरीका अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो ।
सम्पर्क समितिका संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापितपुरस्कारको राशि दश हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । साहित्यकार समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् ।
हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति