
काठमाडौँँ । पुराना पत्रकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ सार्वजनिक भएको छ । नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ‘अभिशप्त कुइनेटाहरू’ शनिबार सार्वजनिक गरिएको हो ।
कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा डा महेशकुमार आचार्य, पवन आलोक, प्रा डा गोविन्दप्रसाद पौडेल, डा दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराई लगायतले संयुक्त रूपमा लोकार्पण गनुभयो ।
कार्यक्रममा नगेन्द्रराज शर्माले भट्टराईको कथासङ्ग्रह उत्कृष्ट भएको बताउनुभयो । रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृति चिर्नुपर्ने सुझाव दिनुभयो ।
समालोचक डा शान्तिमाया गिरीले अभिशप्त कुइनेटाहरूमा लेखकले देखेभोगेका, बुझेका, मनले अनुभूति र समाजका जटिलता लगायतका विषय वस्तु कोरिएको उल्लेख गर्नुभयो । उहाँले कथाकार भट्टराईमा कुनै पनि विषयमा सुक्ष्म विश्लेषण गर्ने खुबी भएको बताउनुभयो प्रा डा गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमा समाजका विभिन्न पक्ष उठाइएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गर्दै साहित्यिक क्षेत्रमा देखिएका विकृति-विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । ‘नेपाली साहित्यक्षेत्रमा देखापरेका विकृति औँल्याउँदै चर्चा पाउने कृति ओझेलमा पर्ने गरेका सैयौँ उदाहरण मसँग छन्’ उहाँले भन्नुभयो– एकातिर हल्ला गर्न जानेका किताब पुरस्कृत हुने प्रवृत्ति देखिएको छ । अर्कोतिर लेखक स्वयंले पाठक खोज्नुपर्ने बाध्यता छ, जसको अन्त्य अनिवार्य छ ।’ उहाँले राज्यले स्रष्टाहरूको उचित सम्मान गर्न नसकेको प्रति समेत खरो टिप्पणी गर्नुभयो
कार्यक्रममा प्रा डा महेशकुमार आचार्य तथा डा दीनबन्धु शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति