
झापा । कर्मचारी सञ्चयकोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ ।
आज एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गर्नुभयो ।
साबिक मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको र यसले सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको धितालले बताउनुभयो ।
कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत सेवा प्रवाह गरिरहेको भए पनि धितोमा आधारित कर्जालगायत अन्य सेवा प्रवाहका लागि स्थानीयस्तरमा सेवा केन्द्रको स्थापना महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले कोषमार्फत सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताउनुभयो ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ बमोजिम सञ्चय कोषले आवश्यक व्यवस्थापन गर्दै आएको छ ।
हाल निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम विसं २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापन समेत कोषले गरिरहेको शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित