
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो ।
नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार ६ सय ३२ रुपैयाँको लागतमा सडक निर्माण गरिन लागेको छ । सडक निर्माणका लागिे सडक निर्माण कम्पनीले जिम्मा पाएको छ । ठेक्का सम्झौता भएको चार महिना पछि सडक निर्माण अगाडि बढाइएको छ ।
सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो । तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट१ करोड ५० लाख र नगरपालिकाको एक करोड ५० गरी तीन करोड रुपैयाँ परिचालन गरिएको छ ।
सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताउनुभयो । ‘पहिलो चरणमा वडा नम्बर १२ को कालागौंडीदेखि वडा नम्ब्र ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ ।’
सडकको क्षेत्राधिकार २० मिटर रहेको छ । अहिले ९ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ । सडकखण्डको वडा नम्बर १ को खजुवापट्टि र वडा नम्बर ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ ।
प्रिमिक्स कार्पेट विधिबाट सडक कालोपत्रेको कार्य हुने शाखा प्रमुख धामीको भनाइ रहेको छ । यसअनुसार कालोपत्रे सडकको मोटाइ दुई सेन्टिमिटर हुनेछ । क्रेसरको ग्राभेल १० देखि १५ सेन्टिमिटर र त्यही अनुपातमा सामान्य खाले ग्राभेल राख्ने कार्य हुने छ । पहिलो चरणको सडक कालोपत्रे गर्ने कार्य विसं २०८२ असोज १६ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ । यस मध्ये हाल वडा नम्बर १२ को कालागौंडीदेखि वडा नम्बर ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अद्यावधिक गरिएको छ ।
चक्रपथ सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो । डिपिआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति