
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ शुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा मङ्सिरदेखि पठनपाठन हुनेगरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा शुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।
स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ शुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिनुभयो । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन शुरु गराउन लागेका हौँ’ उहाँले भत्रुभयो ।
उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष पाँच वर्षको हुनेछ । विद्यार्थीले ४ लाख ५० हजार रुपैयाँमै यो कोर्ष अध्ययन गर्न पाउनेछन् । यो कोर्ष पढ्न चाहने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
उपकुलपति डा पोखरेलले भन्नुभयो,“बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।”
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताउनुभयो । उहाँले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स एन्ड इलेक्टिक इन्जिनियरिङमा स्नातक, वि–फर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ शुरु गरिसकेको छ ।
विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयले १० वर्षभित्र तीनवटा स्कुलअन्तर्गत विभित्र २८ विषयमा विद्यावारिधी (पिएचडी) सम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित