
काठमाडौँ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गरिन् । उनले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन बनाइन् ।
यस्तै सावित्री धामीले २८ र सोनी पाख्रीनले १९ रन जोडे । बलिङमा थाइल्यान्डकी नाथारिका थोकाईले तीन विकेट लिइन् भने केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवान्चोराथीले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित