
ललितपुर । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता शुरु भएको छ ।
‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ कात्तिक २४ गतेदेखि शुरु भएको प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलाडीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख महर्जनले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै अनुशासन जितभन्दा महत्वपूर्ण हुने धारणा राख्नुभयो । मङ्सिर १५ गतेदेखि नगर वडा फुटबल प्रतियोगिता शुरु हुने जानकारी दिँदै उहाँले खेलाडीको हित र खेलकुद पूर्वाधारको विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख मुना अधिकारीले आयोजक र प्रतियोगी टिमलाई शुभकामना दिँदै यहाँबाट राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । गोदावरी–१ का वडाध्यक्ष श्रीराज थापाका अनुसार प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् ।
स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५० हजार, २५ हजार, र १५ हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै २ लाख रुपैयाँसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
आयोजक समितिका संयोजक सुमन आचार्यले प्रतियोगिताको पहिलो दिन तीन खेल भएका बताउनुभयो । पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो । दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
त्यो खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो । तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति