
बिराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।
प्रहरीले विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको हो ।
पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसो १ः५० को उडानबाट काठमाडौँ लैजाने तयारी गरिएको छ ।
सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित