
काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ ।
समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन भएको थियो ।
ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिनुभएको समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले व्यक्ति स्वस्थ्य रहेमात्र देश स्वस्थ्य रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यानशिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति