
काठमाडौँ। पुरुष यू-१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो ।
हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो । जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन् । यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।
त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ ।
टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन् ।
पुरुष यू–१९ एसिया कप–२०२४ आगामी मङ्सिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ । एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आड राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
नेपालले मङ्सिर १४ गतेहुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ । यस्तै, मङ्सिर १६ गते बङ्गलादेश र मङ्सिर १८ गते अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ ।
दुबै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ । मङ्सिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलबाट दुबै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ । खेल मङ्सिर २३ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित