
काठमाडौँ । बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आज भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७-२ ले पराजित भएको थियो ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा श्रीलङ्का, प्यालेस्टाइन र साउदी अरेबिया छन् । यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन