
म्याग्दी । जिल्ला सदरमुकाम बेनी स्थित खेलमैदानलाई विस्तार गरिएको छ ।
खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाइ बढाएर मापदण्ड अनुसारको बनाइएको हो । बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले ११÷११ जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाई एक सय मिटर बनाइएको जानकारी दिनुभयो ।
‘यसअघि ९७ मिटर भएको बेनी खुल्ला मञ्चको खेलमैदानको लम्बाई विस्तार गरेर एक सय मिटर बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘३८ मिटर चौडाई भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।’
कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न पिल्लर उठाइएको र प्याराफिट बनाउन चालु आर्थिक वर्षमा नगरपालिकाले २५ लाख रुपैयाँ र संघीय सरकारले २० लाख रुपैयाँ बिनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
त्यस बजेटबाट खेलमैदान मुनी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । मलामीघरको माथिल्लो भागमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ ।
‘बेनी मिनि रंगशाला’ म्याग्दी जिल्लाको प्राथमिकताप्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब एक सय मिटर लामो प्याराफिट बनाइएको थियो ।
दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा ९ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।
फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । यसपालीको बजेटबाट कालीगण्डकी किनारतर्फको प्याराफिटलाई पूर्णता दिइने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११ र ११ जनाको टिम खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको हो ।
आर्थिक वर्ष २०७७ र ७८ र ०७८ र ७९ मा बजेट बिहिन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले ५० र ५० लाख बजेट व्यवस्थापन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन