+

बढ्यो सुनको भाउ

काठमाडौँ । हिजो ह्वात्तै  घटेको सुनको भाउ आज भने उकालो लागेको छ । 

सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज  एक लाख ६६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा  २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला  एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट