
चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रु हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार दुर्घटनामा गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइहरेको छ । बसका सहचालक काठमाडौं महानगरपालिका–३२ बस्ने ३० वर्षका भोजविक्रम शाह पनि सामान्य घाइते रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका घाइतेमध्ये दुईजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी रिजालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन