
बागलुङ । बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घ बागलुङले सघाउन थालेको छ । सङ्घ बागलुङले रु २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो ।
उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्गानिक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरु बिक्री गरिने छ । स्थानीय उत्पादनको सङ्कलन गरी ब्राण्डिङ गरेर बिक्री गर्ने उद्देश्यले बागलुङ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेश सरकार, पर्यटन तथा उद्योग कार्यालय, बागलुङ नगरपालिकाको सहयोगमा कोसेली घर स्थापना गरेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।
“गाउँमा उत्पादन भएको सिन्की, भट्टले बजार पाउँदैन, बजारका ठूला होटलमा बाहिरबाट सिन्की आउँछ, बजारको जिम्मा लिने कोही नहुँदा सानो परिणाममा उत्पादन भएको कृषि उपज गाउँमै खेर जान्छ”, कँडेलले भन्नुभयो, “बजारीकरणको जिम्मा सङ्घले लिएपछि गाउँबाट बजार झर्दा छोलामा बोकेर कृषि उपज ल्याए भइहाल्यो ।”
कोसेली घरमा सिन्कीदेखि नेपाली कागजका सामग्री पाइने कँडेलको भनाइ छ । सिन्की, भट्ट, भाँगो, टिमुर, हस्तकला, बाँसबाट बनेका सामग्री मायाको चिनो, बागलुङका पर्यटकीयस्थलको फोटो, हातले बुनेका कपडा, काठबाट बनेका भाडा कुँडालगायतका सामग्री बिक्री गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारको रु तीन लाख ७२ हजार, पर्यटन तथा उद्योग कार्यालयको रु पाँच लाख, बागलुङ नगरपालिकाको रु दुई लाख र उद्योग वाणिज्य सङ्घ बागलुङको रु नौ लाख गरी रु १९ लाख ७२ हजारको लागतमा कोसेली घर सञ्चालनमा आएको महासचिव ऋषिराम गौतमले बताउनुभयो ।
गौतमका अनुसार सङ्घले कोसेली घरलाई दीर्घकालीन गराउनका लागि रु पाँच लाखको सामग्री खरिद तथा चार लाखको कोष स्थापना गरेको बताउनुभयो । उक्त कोषबाट सामग्री खरिद र बिक्रीका लागि दीर्घकालीन रुपमा सहयोग पु¥याउने छ । कोसेली घर लक्ष्मी पूजाको दिनबाट शुभारम्भ गरिएको छ । मायाको चिनोका रुपमा प्रयोगमा आउने सामग्री दिनका लागि कोसेली घर उपयुक्त हुनेछ । विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन कोसेली घर प्रभावकारी बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित