
सप्तरी । सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ आजदेखि शुरु भएको छ ।
सप्तरीको राजविराजस्थित राजरङ्गशाला (खेलमैदान) मा शुरु भएको उक्त महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रवद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पु¥याउने विश्वास व्यक्त गर्नभयो । महोत्सवमा उदेश्यअनुसारका कार्यक्रम गर्न आयोजकलाई सुझाव दिँदै उहाँले सप्तरीको राजविराज नगरक्षेत्रको विकास गर्न आफू सबै पक्षसँग समन्वय गरी अगाडि बढिने बताउनुभयो ।
ड्रिम नेपाल युवा सङ्घ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त महोत्सवमा स्थानीयस्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलालगायतका सरसामान बिक्री हुनेगरी ४० वटा कक्ष राखिएका छन् ।
महोत्सवमा बालबालिकाका लागि बालउद्यान र युवाको मनोरञ्जनका लागि विभिन्न खेल र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवासङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले बताउनुभयो ।
महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र रहेको छ । पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ । राजविराज महोत्सव यही कात्तिक २५ गतेसम्म चल्ने छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित