
काठमाडौँ । एशियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
जलवायु र विपद् व्यवस्थापन कार्यक्रमले योजना, तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैङ्कको पाकिस्तानस्थित शाखाले कार्यालयले जनाएको छ ।
बैङ्कका अनुसार यस कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रकोप व्यवस्थापनमा समावेशी लगानी बढाई जोखिम–स्तरित दृष्टिकोणबाट आवाश्यक वित्त पोषण गर्नेछ । पाकिस्तान जलवायु परिवर्तन र प्रकोपको सबैभन्दा जोखिममा रहेका देश मध्ये एक हो, जहाँ जलवायु प्रकोप जन्य घटनाबाट औसत क्षति वार्षिक दुई अर्ब अमेरिकी डलरभन्दा बढी हुन्छ ।
कार्यक्रम पाकिस्तानमा जलवायु र विपद् जोखिम घटाउन र प्रभावकारी विपद् व्यवस्थापनलाई समर्थन गर्न एडीबीको लामो समयदेखि चलिरहेको काममा आधारित रहेको एडीबीका मध्य तथा पश्चिम एशियाका महानिर्देशक येवगेनी जुकोभले बताउनुभएको छ । कार्यक्रमको उद्देश्य विकास र लगानी निर्णय मार्गनिर्देशन गरी जोखिम व्यवस्थापनलार्ई अगाडि बढाएर पाकिस्तानमा विपद् प्रभावलाई सुदृढ पार्नु हो ।
कार्यक्रमले कृषि बिमासहित जोखिम हस्तान्तरण समाधान प्रवर्द्धन गर्न एकता कोषलाई थप सहयोग गर्ने र भविष्यमा विपद् प्रभावितलाई सहायता प्रदान गर्न उत्तरदायी सामाजिक सुरक्षा कार्यान्वयन गर्ने जनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित