
काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्ने आज बिहानदेखि खेलप्रेमीहरु लाइनमा बसेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री गरिरहेको छ । टिकट काट्नेहरु बिहान ७ बजे देखि नै लाइनमा बसेका थिए ।
एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरिरहेको छ । यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ । त्यसैले टिकट काट्नेहरुको लामो लाइन लागेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार दर्शक क्षमताको छ । तर ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताउनुभयो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।
एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ । दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने कार्यक्रम छ । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्नुहुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित