
काठमाडौँ । उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई मङ्गलबार आधिकारिक भ्रमणका क्रममा रूस आइपुग्नुभएको छ ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्योङयाङले हजारौँ सैनिकलाई रूसमा तालिमका लागि पठाएको दाबी गरेपछि उहाँ रुस पुग्नुभएको हो ।
चोए रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकमा ओर्लनुभएको एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । स्रोतले भनेको छ– ‘भोलि उहाँ मस्कोमा हुनुहुनेछ ।’
रूसी समाचार एजेन्सीले चोएले रूसी अधिकारीहरूसँग वार्ता गर्ने बताए पनि कोसँग गर्नुहुन्छ भन्नेबारे खुलाएनन् ।
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र उनीहरूले सम्भवतः युक्रेनमा लडाइँ गर्ने बताएको छ । यसलाई सोलले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ का रूपमा टिप्पणी गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सैनिकहरू देशमा रहेको कुरालाई अस्वीकार गर्नुभएको छैन ।
परम्परागत मित्र राष्ट्र रूस र उत्तर कोरियाले हालै सम्बन्धहरू बढाएका छन् । प्योङयाङका नेता किम जोङ उनले गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो ।
पुटिनले २४ वर्षमा पहिलो पटक एकान्त राष्ट्र उत्तर कोरियाको भ्रमण गर्दा जुनमा प्योङयाङमा किमसँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।
विदेशमन्त्री चोएले यस वर्ष जनवरी र सेप्टेम्बरमा पनि रूसको भ्रमण गरिसक्नुभएको छ ।
प्योङयाङस्थित रूसी दूतावासले चोएको पछिल्लो भ्रमण दुई देशका नेताहरूले जुनको भेटमा ‘रणनीतिक संवाद’ बढाउने सहमति गरेपछि भएको जनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित