
काठमाडौँ । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले जनाएको छ ।
यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्रयुक्त राष्ट इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ ।
यद्यपि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले साहसका साथ अघि बढ्ने वाचा गर्दै गत जुलाईमा भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्कोको भ्रमण गर्नुभएको थियो ।
इन्डोनेसियाली सेनाले नोभेम्बर ४–९ सम्म सुराबायाको सैन्य आधार नजिकै जाभा सागरमा अभ्यास हुने जनाएको छ । अभ्यास सेनाबीचको महत्त्वपुर्ण द्विपक्षीय अभ्यास भएको इन्डोनेसियाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
इन्डोनेसियाका लागि रूसी राजदूत सेर्गेई टोल्चेनोभले अभ्यासको पुष्टि गर्दै अभ्यासले कुनै पनि प्रतिद्वन्द्वी शक्तिलाई लक्षित नगरेको बताउनुभएको छ । उहाँका अनुसार अभ्यास केवल सेनाको क्षमता बढाउनका लागि मात्र हो ।
पछिल्लो समयमा इन्डोनेसियाले युक्रेनमा रूसले गरिरहेको आक्रमणको शान्तिपूर्ण समाधानका लागि बारम्बार आह्वान गर्दै आएको छ ।
इन्डोनेसियाले गत साता रुस, ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको ब्रिक्सको सदस्य बन्ने प्रक्रिया शुरु गरेको विदेशमन्त्री सुगियोनोले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित