
काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, गैर आवासीय नेपाल सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको विमोचन गर्नुभएको हो ।
राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजका रुपमा रहने भएकाले पनि इतिहास बन्ने उहाँको भनाइ छ ।
राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्व सामु फैलाइ रहेका छन् भन्ने विषय लिपिवद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद सहित शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस_ का संवाददाता समेत रहनुभएका लेखक गौतमले पुस्तकमा मुलुक बाहिर रहेकाहरुको जीवन्त कथा लेख्ने प्रयास गरिएको बताउनुभयो ।
उहाँले करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा बिमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गर्नुभयो ।
पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, परिवारिक अवस्था, वैदेशिक सङ्घर्ष लगायतका कथा समाबेश गरिएको छ ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका कथाहरु सङ्कलन गरेकामा पत्रकार गौतमप्रति आभार प्रकट गर्नुभयो ।
त्यसअवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यस्ले युरोपभित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो ।
अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै सङ्घर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनुभयो ।
अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको सङ्घर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशी लगायतले कृति सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति