
ताप्लेजुङ । ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श गरिएको छ ।
सदरमुकाम फुङ्लिङमा आज कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याउनुभएको थियो ।
समीक्षक ताप्लेजुङका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराईले नाटक विधा पुस्तकसँगै मञ्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताउनुभयो । नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो । साहित्यकार हेल्लोकले जनयुद्ध बाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गर्नुभएको छ ।
सुन्दर समाजका सपनाहरु, चेलीका सुस्केराहरु, सुम्निमाको कारुणिक कथा नामक लघु उपन्यास खेल्नुभएको छ । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तक प्रकाशित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति