
काठमाडौँ । साहित्यकार बखतबहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ लोकार्पण गरिएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, संविधानसभा सदस्य रीता शाही, सांसद प्रतिमा गौतम, समीक्षक राजकुमार बानियाँ, शङ्कर तिवारी, सुमन वर्षालगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
साहित्यकार शाहीको तेस्रो साहित्यिक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको वास्तविक रूप उपन्यासमा चित्रण भएकाले उपन्यास ऐतिहासिक रहेको बताउनुभयो । समीक्षक बानियाँले उपन्यासले हुम्ला र कार्णालीको समाजलाई बुझ्न सघाउने बताउनुभयो ।
समीक्षक वर्षाले पुस्तक अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताउनुभयो ।
अर्का समीक्षक तिवारीले सो उपन्यासले हुम्लाको भाषा र सांस्कृतिक पक्षलाई उजागर गरेको टिप्पणी गर्नुभयो । शिखा बुक्सद्वारा प्रकाशित उक्त उपन्यासको मूल्य ५२५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति