
काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनुभएको छ ।
नेपाल नाट्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरुले नाटकमार्फत आफ्नो देश र समाजलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा नेपालको इतिहास समेटिएको बताउनुभयो ।
प्रतिष्ठान अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गर्नुभएको उक्त ग्रन्थमा चार खण्ड छन् । ग्रन्थमा नाटक र रङ्गमञ्चसँग सम्बन्धित सामग्री, नाट्यवार्ता, समावेश छन् ।
कार्यक्रममा नाट्यकर्मीहरु शकुन्तला शर्मा, अशेष मल्ल, सुनील पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति