
काठमाडौँ । यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।
राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने त्यो पुरस्कारको राशि एक लाख रुपैयाँ र प्रशंसापत्र रहेको छ । राष्ट्रकविको जन्मजयन्तीका अवसरमा असोज ७ गते राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिने विशेष समिारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।
यसअघि पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो । राष्ट्रकविको परिवारबाट मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभएको छ ।
वरिष्ठ गीतकार प्राडा कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । विसं २०१४ देखि नै गीत लेखन र गायन क्षेत्रमा क्रियाशील ८८ वर्षीय खरेल हाल ‘डिस्टेनिया’ रोगबाट पीडित हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति