खेलकुद

भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो ।