
पाँचथर । गयाङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ ।
पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको साझेदारीमा ४ करोड ३५ लाख रुपैयाँमा गाउँपालिकाको वडा नम्बर ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो ।
नवनिर्मित कभर्डहलको बिहीबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले उद्घाटन गर्दै खेलाडीलाई अभ्यास गर्न सहज हुने बताउनुभयो । ब्याडमिन्टन, भलिबल तथा मार्सलआर्टका तेक्वान्दो, कराते, उसु, कबड्डी लगायत खेल सञ्चालन गर्न अन्यत्र जानुनपर्ने उहाँले बताउनुभयो ।
ब्याडमिन्टनको विकासमा नियमित प्रशिक्षणको व्यवस्था गर्न कभर्डहल उपयोगी हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तेजबहादुर तुम्बापोले बताउनुभयो । संरचनाका कारण युवा खेलकुदतर्फ आकर्षित हुँदा कुलतमा फस्ने सम्भावना कम हुने, खेलकुद तथा खेल पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कभर्डहलका लागि सात रोपनी जग्गा पृथीबहादुर योङहाङ, बमप्रसाद योङहाङ र चन्द्रकिशोर योङहाङको परिवारले दान गर्नुभएको हो । उहाँहरूलाई पालिकाले सम्मान गरेको छ ।
संविधान दिवसको अवसर पारेर उद्घाटन भएको कभर्डहलमा बिहीबारदेखि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगितामा ९७ टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति