खेलकुद

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

मनहरी । हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित रु २ लाख जितेको हो ।