
कास्की। पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ ।
लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड काठमाडौँलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो । विजेता एपिएफले नगद रु एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो ।
पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो । उसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको थियो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले रु एक लाख एक सय ११ पुरस्कार पायो ।
प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो । उसले रु ५० हजार एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित हुनुभयो । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित हुनुभयो । प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बन्नुभयो ।
यसैगरी पुरषतर्फको फाइनल खेल भने आज रोकिएको छ । दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिनुभयो ।
उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एक/एक सेट जितेका थिए । एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो । पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी