
बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको बताउनुभएको छ ।
आज बिहान नेपालगञ्ज रङ्गशालाको अनुगमन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले नेपालगञ्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु भनेको खेलकुदप्रेमीका लागि उल्लेख्य प्रगति भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस क्षेत्रका खेलकुदप्रेमीलाई खेलप्रति थप आकर्षित गर्न नेपालगञ्ज रङ्गशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।’
यसवर्ष कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिक पर्ने नेपालगञ्ज रङ्गशालामा पनि खेल पूर्वाधार आवश्यक पर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालगञ्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन खेलाडीलाई आग्रह गर्नुभयो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाँले बताउनुभयो ।
रङ्गशालाको अनुगमन गर्ने क्रममा विभिन्न खेलको अभ्यासमा गरिरहेका खेलाडीले अध्यक्ष दाहाललाई स्वागत गरेका थिए । उहाँसँगै नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराज लगायतको सहभागिता थियो ।
आज र भोलि नेपालगञ्जमा हुन लागेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न अध्यक्ष दाहाल शनिबार बेलुका सुर्खेतबाट नेपालगञ्ज आइपुग्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक