
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।
‘खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ’ मुख्यमन्त्री लामाले भन्नुभयो– ‘यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।’ युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घ लगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति