
काठमाडौँ । नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ शुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो ।
असोजसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । जङ्गी अड्डा लगायत उपत्यकाका विभिन्न वाहिनी, गण, तालिम केन्द्र, पृतनामा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, पौडी र जुडो खेल सञ्चालन हुनेछन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।
यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम हुनुभएको छ । कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति