
काठमाडौँ । विश्वकप लिग-२मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । आजको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा शुरु हुनेछ ।
क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल घरेलु टोली क्यानडासंग पहिलो खेलमा १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । सिरिजको दोस्रो खेलमा ओमानसंग १ विकेटले पराजित भएको नेपाल आज भने जित दर्ता गर्दै हारको श्रंखला अत्य गर्ने दाउमा छ ।
जारी सिरिजमा नेपालले क्यानडा र ओमानसंग दुई-दुई खेल लेख्नेछ । गत फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४-२०२६ अन्तिमसम्म चल्ने लिग-२ को शुरुवात भएको थियो । लिग-२ को जारी श्रंखलामा अहिलेसम्म नेपालको प्रदर्शन निकै निराशाजनक छ ।
५ खेल खेलेको नेपाल २ अंकसहित तालिकाको सातौं स्थानमा छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँग २ खेल हारेको थियो भने नेदरल्याण्डसँग एकमा जित र एकमा हार व्यहोरेको थियो । क्यानडामा खेलेका दुईवटै खेल हारेको नेपाल आजको खेलमा जित दर्ता गरेर हारको श्रंखला रोक्न चाहान्छ । लिग-२ मा नेदरल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपालले ओमानसँग असोज ८ गते अन्तिम खेल खेल्ने छ ।
ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी २० सिरिज पनि खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति