
झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताउनुभयो । ‘३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो’ उहाँले भन्नुभयो– ‘त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदैछ ।’
जिल्ला ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आजदेखि शुरु भएको प्रतियोगिताभदौ ३० गतेसम्म सञ्चालन हुनेछ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको खुलातर्फ प्रथमले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले १० हजार र भेट्रान्सतर्फका प्रथमले ४० हजार, द्वितीयले ३० हजार र तृतीयले १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति