
कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता छ । प्रतियोगिताको समूह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समूह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।
उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतकाबीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने छ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदशेसभा सदस्य प्रकाश बरालले क्रिकेट खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउन पुग्ने बताउनुभयो ।
बरालले भन्नुभयो– ‘प्रतियोगिताले युवा खेलाडी उत्पादनसँगै व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्नेछ । राष्ट्रिय गौरव जज्वलमान बनाउन क्रिकेटको महत्वपूर्ण योगदान रहेको छ ।’
गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताउनुभयो । छनोट प्रतियोगिता ‘रोड टु वर्ल्ड कप’को रुपमा खेलाडीहरुले ग्रहण गर्नुपर्ने बताउनुभयो ।
नेपाली क्रिकेटको जग बलियो बनाउन उमेर समूहका प्रतियोगिता महत्वपूर्ण छन् । खेलाडीले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन बनाउँदै प्रादेशिक तथा राष्ट्रिय टोलीमा छनोटमा पर्ने गरी मेहनत गर्नु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति