
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडामा जारी प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज राति पौने ९ बजे क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ वेस्ट मैदानमा शुरु हुनेछ। एकदिवसीय खेलमा नेपाल र ओमानबीच यो आठौं भेट हो । यसअघि भएका सातमध्ये चार खेलमा ओमान विजयी भएको थियो भने नेपालले तीन खेल जितेको छ ।
ओमान र नेपालबीच सन् २०२० फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो एकदिवसीय खेल भएको थियो। आइसिसी लिग-२ अन्तर्गतको सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। २०२० मा कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा पनि नेपालले ओमानसँग-८ विकेटको हार बेहोरेको थियो।
सन् २०२१ को सेप्टेम्बरमा ओमान र नेपालबीच लिग-२ को सिरिजमा फेरि प्रतिस्पर्धा भयो। ओमानमा भएको सिरिजमा नेपालले पहिलो खेलमा ५ विकेटको हार बेहोर्दा दोस्रो खेलमा भने ७ विकेटको जित निकालेको थियो।
यस्तै २०२२ मा पनि नेपाल र ओमानबीच लिग-२ को अर्को सिरिजमा प्रतिस्पर्धा भयो। अमेरिका भएको सो सिरिजमा पनि नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोर्यो। टेक्सासमा भएको खेलमा नेपालले पहिलो खेलमा १३ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गर्यो।
यस्तै नेपाल र ओमानबीच सन् २०२३ को अप्रिलमा एसिसी प्रिमियर कपको समूह चरणमा प्रतिस्पर्धा भयो। कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनको फराकिलो अन्तरले पराजित भएको थियो। खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१० रनको बिशाल योगफल तयार गरेको थियो । उक्त खेलमा कुशल मल्लले १०८ रन जोडेका थिए।
जारी लिगमा नेपाल र ओमानले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्न सकेका छन्। ओमानले चार खेल खेल्दा एक खेल जितेको छ भने नेपालले भने पाँच खेल खेलिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति