
मोरङ । कोशी प्रदेशको विशेष अधिवेशन आजदेखि शुरु हुने भएको छ ।
विशेष अधिवेशन दिउँसो १ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गएको चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरुको माग अनुसार विशेष अधिवेशन आव्हान गर्नुभएको हो ।
सांसदहरुको मागअनुसार प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशन आह्वान गर्नुभएको प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा