
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ ।
‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो ।
‘उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ’ प्रधानमन्त्रीले भन्नुभयो– ‘कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।’
दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदूर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये उहाँ एक भएको स्मरण गर्नुभयो ।
चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिष्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गर्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । मजदूर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको उहाँले बताउनुभयो ।
निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु