
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो लेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो ।
‘यस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ मन्त्री भण्डारीले भन्नुभयो ।
अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उद्योगमन्त्री भण्डारीले सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझावअनुसार कारबाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर मन्त्रिपरिषदमा पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । चार्टर्ड एकाउन्टेन्ट्स ९सीए०ले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष नेपालले आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ’ उहाँले भन्नुभयो– ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’
सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक) की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्दालाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकाले त्यसलाई प्राप्त गर्न द्रुत गतिमा अगाडि बढ्न उहाँको सुझाव थियो ।
आइक्यानका अध्यक्ष सिए सुजनकुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताउनुभयो । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायका क्षेत्रमा देखिएको चुनौती र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उहाँले बताउनुभयो ।
नेपाल अडिटर एसोसिएसन (अडान) का वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशासन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
चार्टर्ड एकाउन्टेन्ट सङ्घ (एक्यान) का अध्यक्ष सिए दीपक पाण्डेले डिजिटल अर्थतन्त्र बिस्तार हुँदै जाने क्रममा त्यही अनुसार सीप र दक्षता विस्तार हुन नसके पेसागत चुनौती पनि देखापर्नसक्ने बताउनुभयो । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु