
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
जीवन विकास लघुवित्तकोे सहकार्यमा प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन–२०८१ को आज कटहरीमा शुभारम्भ गर्नुहँदै उहाँले मानवीय विकासबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विचार व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री कार्की यस क्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्ता, कृषि र पशु स्वास्थ्यकर्मीलगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले युवाले नयाँनयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर, भाषा, संस्कृति, खानपिनको संरक्षणमा विशेष जोड दिएको उहाँले धारणा राख्नुभयो ।
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लबको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तीय संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
जीवन विकास लघुवित्त संस्था लिका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले क्लबका सदस्यले समाज र देशप्रतिप्रति जिम्मेवारी बोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री