
काठमाडौँ । अहिलेको सत्ता गठबन्धन टिकाउन निर्णायक भूमिका खेलेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सांसद दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने भएको छ ।
एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सोडारी यसअघि प्रदेशको अर्थमन्त्री बनिसक्नु भएको छ । सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ।
प्रवक्ता खतिवडाका अनुसार बैठकमा पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा समेत छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा