
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।
चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गर्नुभएको छ ।
साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हुनुहन्छ भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट शपथ लिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा