
मोरङ । कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको गरिएको छ ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव पेश गर्नुभएको हो ।
प्रस्ताव पेश गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत गत चैत २६ गते फिर्ता लिइसकेका अवस्थामा उहाँ अल्पमतमा पर्नु भएकाले राजीनामा दिइ मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो । प्रमुख सचेतक भण्डारीले भन्नुभयो– ‘अल्पमतमा परेपछि शासन गर्ने अधिकार रहँदैन ।’
प्रदेशसभा सदस्यद्वय गणेश उप्रेती र किशोरचन्द्र दुलालले प्रस्तावमा समर्थन जनाउँदै माओवादी केन्द्रको समर्थनबाट मुख्यमन्त्री पदमा निर्वाचित कार्कीले सोही दलले विश्वासको मत फिर्ता लिइसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभामा पहिलोपटक सङ्कल्प प्रस्ताव प्रस्तुत भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री