
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गर्नुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रुपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताउनुभयो । उहाँले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
वैदेशिक रोजगारमा जाने श्रमिकले मासिक न्यूनतम पाँच सय अमेरिकी डलर पाश्रिमिक पाउनुपर्छ भन्ने आफूहरुको जोड रहेको बताउँदै उहाँले वैदेशिक रोजगारका क्षेत्रमा हुँदै आएको ठगी रोक्न सरकारले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
नेपाली युवाहरु रोजगारीका लागि बाध्यात्मक रुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाको सक्रिय सहभागितामा सातै प्रदेशमा रोजगार मेला आयोजना गरिएको उहाँको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन