+

जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा जीवन गुकाउनेहरुको संख्या ७२ पुगेको छ । 


प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणमा मुख्यसचिव एकनारायण अर्यालले यसबारे जानकारी दिनुभएको हो । 

मुख्यसचिव  अर्यालक अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाले ज्यान गुमाएका छन् । उहाँका अनुसार १ सय ३४ प्रदर्शनकारी र ५७ प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवा आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको हो  । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँ सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । 

आइतबार बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै