
काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई अमेरिकाले बधाई दिएको छ।
नेपालस्थित दूतावासमार्फत जारी गरेको बधाई सन्देशमा गत हप्ताको दुखद घटनापछि शान्तिपूर्ण समाधानप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरिएको छ।
दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानप्रति देखाएको प्रतिबद्धताको लागि सम्मान व्यक्त गरेको छ। साथै, नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलले शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापना गर्न खेलेको महत्वपूर्ण भूमिकाको पनि कदर गरिएको छ।
सन्देशमा भनिएको छ, ‘अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन